सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग

Newa patrakar 13

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूले स्व. सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरेको छ ।

स्वर्गीय श्रेष्ठको १०६औं जन्मजयन्तीको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले आयोजना गरेको कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूले श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष मान्न माग गरेको हो ।

सो अवसरमा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महासंघको संस्थापक बहसबारे महासंघका सम्बद्ध पक्ष पन्छिन नहुने बताए । ‘नेपाली सञ्चारवृतमा उठिरहेको महासंघको संस्थापक अध्यक्ष बारेको बहसमा सम्बद्ध पक्षले जवाफ दिन आलटाल गर्ने होइन’, उनले भने, ‘यसबारे गम्भीर बहस र छलफल गर्नुपर्दछ ।’

नेपाल आदिवासी जनजाति पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष गजुरधन राईले संस्थापक अध्यक्षको बहसको उद्देश्य २०१२ सालमा महासंघको नेतृत्व गर्ने स्वर्गीय भट्टराईप्रति अनादर वा अवमूल्यन गर्न नभई इतिहासमा बंग्याइएको तथ्यलाई स्थापित गर्न खोजिएको बताए ।

सो कार्यक्रममा पत्रकार राष्ट्रिय दबूका सल्लाहकार एवं वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धर, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिँह, स्वर्गीय श्रेष्ठकी छोरी सुजिता मानन्धर, नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्य, दबूका निर्वतमान अध्यक्ष श्रीकृष्ण महर्जन लगायतले इतिहासको तथ्यलाई मेट्न खोजिएकोले पत्रकार महासंघको संस्थापकको मुद्दा न्यायको लडाईका रुपमा रहेको बताए ।

एक दशकयता पत्रकार राष्ट्रिय दबूले ‘न्यायको लडाई’ को रुपमा अभियानलाई निरन्तरता दिदैैँ आएका साथै विगत ३ बर्षदेखि प्रत्येक पुस १३ गते उनको जन्मजयन्ती समारोहको आयोजना पनि निरन्तर गर्दै आइरहेको छ । हाल नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई भन्ने गरिएको छ । 

२००८ सालमा नेपाल पत्रकार संघको स्थापना गर्दा श्रेष्ठ अध्यक्ष भएकाले उनलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने नेवाः पत्रकार राष्ट्रिय दबूको माग छ । स्वर्गीय श्रेष्ठ २००८ सालमा नेपाल टुडेको सम्पादक थिए ।

उनकै सभापतित्व र तरंगका सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव रहेको पहिलो पत्रकार संघको गठन भएको थियो । यसैले नेपाल पत्रकार संघका पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठ नै रहेको तर्क गर्ने गरिएको छ ।

उनकै सभापतित्वमा गठन भएको नेपाल पत्रकार संघको दोस्रो सभा २००९ साल वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाजको भवनको सभाकक्षमा भएको थियो । यो सभाले पनि सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघ पुनर्गठन गरेको थियो । यसको तीन वर्षपछि नेपाल पत्रकार संघको पुर्नगठन भएको थियो ।

२०१२ साल चैत्र १६ गते पत्रकारहरुको बैठकबाट नेपाल पुकारका तत्कालीन सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति हुनुभएको थियो । सत्यनारायणबहादुर श्रेष्ठ भन्दा चार बर्ष पछि मात्रै नेपाल पत्रकार संघको अध्यक्ष बनेका कृष्णप्रसाद भट्टराईलाई संस्थापक सभापति भन्ने गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...