प्रचण्डको प्रतिवेदन : समाजवादी क्रान्तिको रणनीति र कार्यनीतिबारे व्याख्या  

Prachanda  mahadibeshn

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अढाई घण्टा लगाएर राजनीतिक प्रतिवेदन वाचन गरेका छन्।

‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा प्रचण्डले उक्त राजनीतिक प्रतिवेदन सोमबारदेखि सुरु बन्द सत्रमा प्रचण्डले वाचन गरेका हुन्।

उनले आफ्नो राजनीतिक प्रतिवेदनमा जनयुद्ध त्यागिसकेर शान्ति प्रक्रियामा आइसकेपछिको अवस्थाबारे पनि विश्लेषण गरेका छन्।

उनले आफ्नो राजनीतिक प्रतिवेदनमा शान्ति प्रक्रियामा आएर पनि विद्रोहका कुरा गरिरहनु गलत भएको उल्लेख गरेका छन्।

‘शान्ति प्रक्रियामा आइसकेपछि विद्रोहको कुरा गर्नु गलत भयो’, उनले प्रतिवेदनमा भनेका छन्, ‘सेना समायोजन र प्रचण्डपथ स्थगनमा पनि केही गलत भएको छ।’ 

सेना समायोजन गर्दा पार्टी केन्द्रीय समितिमा छलफल नगरी नेतृत्वले एक्लै निर्णय गर्नु गलत भयो प्रचण्डले प्रतिवेदनमा भनेका छन्, ‘छलफल नगरी प्रचण्ड पथ स्थगन गर्नु गलत भयो। तर अब प्रचण्ड पथ पुनः स्थापना सम्भव छैन। यो एक सन्दर्भ सामाग्री मात्रै हुन सक्छ।’

प्रचण्डले समाजवादी क्रान्तिको रणनीति र कार्यनीतिबारे पनि व्याख्या गरेका छन् । उनले सांस्कृतिक रुपान्तरणबिना समाजवाद सम्भव नभएको पनि बताएका छन्।
 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...