माओवादी केन्द्रको बन्दसत्र : देव गुरुङद्वारा विधान मस्यौदा प्रस्ताव पेस
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्न सुरु गरेका छन्।
यसअघि बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रस्ताव पेस गरेका थिए।
विधान प्रस्ताव पारित भएलगतै महाधिवेशनमा उपस्थित प्रतिनिधिहरुको समूह विभाजन गरेर प्रचण्डले प्रस्तुत गरेका वैचारिक तथा राजनीतिक दस्तावेज र गुरुङले प्रस्तुत गरेका विधान मस्यौदामाथि छलफल हुनेछ।
प्रतिकृया दिनुहोस