माओवादी र एमालेबीचको एकता गलत थिएन : शंकर पोखरेल

Shankar pokharel

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता गलत नरहेको बताए ।

माओवादी केन्द्रको महाधिवेशनलाई आज आइतबार शुभकामना दिँदै महासचिव पोखरेलले देशमा बलियो वामपन्थी दल बनाउनका लागि दुई पार्टी मिलेर नेकपा बनाएको तर विविध कारणले एकता भङ्ग हुनु दुःखद भएको बताए । अहिले पनि देशमा वामपन्थी एकताको खाँचो रहेको पोखरेलको भनाइ छ । 

उनले पछिल्ला तीन–तीन वटा राजनीतिक क्रान्ति गर्दा देशमा समृद्धि किन आएन भनेर समीक्षा गर्नुपर्ने बेला आएको पनि बताए । पार्टीहरू अहिलेसम्म नागरिक अधिकारका प्रश्नमा केन्द्रित रहेको तर देश बनाउने र नागरिकको जीवनस्तर उकास्नेतर्फ ध्यान नदिइएको भन्दै महासचिव पोखरेलले दलहरूका महाधिवेशनमा नागरिकका मुद्दामा छलफल हुनुपर्ने बताए ।

अहिले देश हिँड्नुपर्ने बाटो एउटा भए पनि राजनीति अर्कै बाटोमा हिँडेको भन्दै महासचिव शंकर पोखरेलले सबै दल र नेताले एक पटक गम्भीर भएर सोच्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...