नेपालको राजनीतिक परिवर्तनमा माओवादी जनयुद्ध र मधेश आन्दोलन महत्वपूर्ण भूमिका छ : उपेन्द्र यादव

Upendra yadav 0fhlwwd2fu

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेश आन्दोलनले नै देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा पुर्याएको टिप्पणी गरेका छन् ।

आज नेकपा माओवादी केन्द्रको महाधिवेशन उदघाटनमा स्वागत मन्तव्य राख्दै उनले जनयुद्ध र मधेश आन्दोलनको नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको बताए ।

‘माओवादी जनयुद्ध र मधेश आन्दोलन नभएको भए देशमा संघीय लोकतान्त्रिक गणतन्त्र हुँदैनथ्यो,’ यादवले भने । उनले प्रचण्डको कुशल कमाण्डमा माओवादी अगाडि बढ्ने भन्दै प्रशंशा गरे ।

यादवले धर्मनीरपेक्ष देशको महत्वपूर्ण उपलब्धि भएको बताए । उनले धर्मनीरपेक्ष र गणतन्त्र संकटका परेको हो कि भन्ने आशंकाहरु आएको बताए । ‘धर्मनीरपेक्ष, गणतन्त्र र संघीयता जस्तो महत्वपूर्ण उपलब्धि जाने हो कि भन्ने आशंकाहरु गरिएका छन् ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...