दाङ–सल्यान सडकखण्ड आजबाट दैनिक ८ घण्टा बन्द हुने

Dang salyan sadakkhanda  2021

दाङ । राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान सडकखण्ड आजबाट दैनिक आठ घण्टा बन्द हुने भएको छ ।

सल्यान–दाङ सडकखण्डमा पर्ने कपुरकोट–चोरखोला सडकखण्डमा सडक स्तरोन्नति गर्न लागिएकाले १५ दिनसम्म दैनिक आठ घण्टा बन्द हुनेको जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए ।

पुस ११ (आज) गतेबाट २५ गतेसम्म गरी दैनिक तीन पटक गरेर बन्द हुने उनले बताए । उनका अनुसार दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सडक बन्द हुनेछ ।

सो अवधिमा अत्यावश्यक सवारी साधनका लागि वैकल्पिक बाटोको लागि कपुरकोट–पैयाखोर डाइभर्सनको रुट प्रयोग गर्न सक्ने समेत सहायक प्रजिअ खड्काले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...