उच्च पहाडी क्षेत्रको तीनजुरे, चौकी, गुफापोखरी क्षेत्रमा हिमापत
धनकुटा । तेह्रथुम र संखुवासभाको सीमावर्ती उच्च पहाडी क्षेत्रको तीनजुरे, चौकी, गुफापोखरी क्षेत्रमा हिमापत भएको छ ।
शुक्रबार दिउँसो भएको हिमपातका कारण पशुचौपया र जनजीवन प्रभावित भएको छ। वर्षासँगै परेको हिउँका कारण अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर भएको स्थानीय छिरिङ शेर्पाले बताए। जाडोका कारण बालबालिका र वृद्धवृद्धालाई समस्या बनेको छ ।
हिउँले टिएमजे क्षेत्र सेताम्य बनेको छ। हिउँले सडक अवरुद्ध हुँदा दर्जनौँ सवारी साधन बीच बाटोमै रोकिएका छन्। चौरी, गाई‚ भैंसी‚ भेडा‚ बाख्रा चरनमा समस्या भएको स्थानीयले बताएका छन । हिउँ परेका कारण बजार क्षेत्रमा चहलपहल कम भएको टुटे देउरालीका श्री कार्कीले बताए ।
‘पानीसँगै हिउँ परेको कारण जाडो अत्यधिक बढेको छ‚’ उनले भने‚ ‘जाडोका कारण पशुचौपया र मानिसलाई कष्ट भएको छ ।’ खासगरी यो क्षेत्र पर्यटकको लागि हिउँ पर्ने सिजन र गुराँस फुल्ने सिजन आकर्षक बन्दै आएको छ। हिउँ परेपछि शुक्रबारदेखि नै हिउँ खेल्न घुइँचो हुन थालेको छ ।
प्रतिकृया दिनुहोस