वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिपरिषद् विस्तार
काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसबाट तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।
सत्ता गठबन्धनमा भागबण्डा मिलाउन ७ वटा मन्त्रालय फुटाएर ११ वटा बनाइएको छ भने राज्यमन्त्री समेत थपेर १८ जना मन्त्री बनाइँदैछन् । यससँगै प्रदेश मन्त्रिपरिषद् १८ सदस्यीय भएका छन् ।
हाल मुख्यमन्त्री पाण्डेसहित ११ मन्त्री र एकजना राज्यमन्त्री छन् । आजै कांग्रेसबाट मन्त्रीमा मिलनबाबु श्रेष्ठ, बलराम पौडेल र दिपेन्द्र श्रेष्ठले सपथग्रहण गर्दैछन् ।
मिलनबाबु चितवन, बलराम रसुवा र दिपेन्द्र काठमाडौंबाट प्रदेशसभा सदस्य छन् । त्यस्तै राज्यमन्त्रीमा नुवाकोटकी कल्पना नेपाली,भक्तपुरकी रजनी जोन्छे र मकवानपुरका सन्तबहादुर प्रजाले सपथग्रहण गर्दैछन् ।
प्रतिकृया दिनुहोस