प्रचण्डले भन्छन्ः ओलीको धाकधम्की मात्रै हो, निर्वाचनमा थाहा पाइन्छ
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबिच एकता भएको छ । काठमाडौंको त्रिपुरेश्वरमा आयोजित सभामार्फत् एकताको घोषणा भएको हो । नेकपा मसाल सम्पर्कका तर्फबाट लोकेन्द्र लम्साल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता सभालाई सम्बोधन गरेका थिए ।
प्रचण्डले मसाल सम्पर्क केन्द्रसँगको एकता रणनीतिक नभएको बताए । उनले सैद्धान्तिक र विचारधारात्मक रुपमा एकीकरण भएको बताए । प्रचण्डले पहिला नेकपा एमालेसँग पनि आफ्नो भूमिकाका कारण एकता सम्भव भएको सुनाए ।
उनले समाजवादीको नयाँ बाटोको खोजी हुने बताए । उनले अहिले पनि विभिन्न अप्ठेरो अवस्था भएको भन्दै रिल्याक्स नगर्न कार्यकर्तालाई निर्देशन दिए । 'केही मानिसहरु अहिले पनि शिला खोज्दै हिँडेका छन् पार्टी एकताका नाममा । सुनारको सय चोट, लोहारको एक चोट भन्छन् । विदेशी दलालका अगाडि आत्म समर्पण गर्ने नेपालका क्रान्तिकारीको अगाडि चल्ने छैन,' उनले भने ।
उनले ओलीको धाकधम्की मात्रै भएको बताए। उनले जनताले चुनावमा देखाउने बताए । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेशका नाममा गाउँगाउँमा हिँडिरहेको बताए ।
एकता सभामा मसाल सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले अहिलेको आवश्यकता एकता नै भएको बताए । उनले प्रचण्डलाई ताकेर मात्रै आफ्नो भूमिकाबाट कसैले पन्छिन नमिल्ने बताए । उनले माओवादी केन्द्रसँग विचार मिलेकाले एकता भएको बताए ।
प्रतिकृया दिनुहोस