राजनीतिबाट विश्राम लिएको होइन, केही क्षणको अल्पविराम मात्र हो : पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक यात्राबाट आफूले विश्राम नलिएको स्पष्ट पारेका छन्। उनले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूले राजनीतिक यात्राबाट विश्राम नलिएको बताएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यलाई बधाई दिँदै पौडेलले आफ्नो राजनीतिक यात्रा जारी रहेको बताएका हुन् ।
उनले आफ्नो राजनीतिक यात्रा जारी रहने स्पष्ट पारेका छन् । ‘मेरा साथीहरुले रामचन्द्रजीले अब पार्टीभित्रको चुनाव लड्नुहुँदैन जोगिएर रहनुपर्छ भनेको हुनाले प्रतिस्पर्धाबाट नै अलग रहने निर्णयमा पुगेँ, त्यस निर्णयप्रति इमान्दार रहन मतदानबाटै अलग रहेँ । यसरी अलग बस्नु राजनीतिक यात्रामा विश्राम होइन, केही क्षणको अल्पविराम मात्र हो । मेरो राजनीतिक यात्रा जारी छ,’ विज्ञप्तिमा उनले भनेका छन् ।
यसलाई पार्टीभित्रको आन्तरिक प्रक्रिया जे भए पनि आफ्नो स्थान अविचल बनाइ राख्नुहोला, साथी साथीबीचको हार्दिकतामा कमी आउन नदिनुहोला ।’
महाधिवेशनले पार्टीभित्र आन्तरिक लोकतन्त्रको प्रयोग हुनुका साथै पार्टीलाई नयाँ दिशा पनि दिन मद्दत गर्ने पौडेलको भनाइ छ । प्रजातान्त्रिक समाजवादको सैद्धान्तिक मार्गको अनुशरण गर्दै पार्टीभित्र एकताको सन्देश दिने प्रयत्न गरेको उनले बताएका छन् ।
प्रतिकृया दिनुहोस