सर्वोच्चले सरकारलाई सोध्यो 'चार्ल्स शोभराजलाई किन थुनामुक्त नगर्ने ?

Chals  shovraj

काठमाडौँ  । सर्वोच्च अदालतले ज्यान मुद्दामा बन्दी जीवन बिताइरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई थुनामुक्त किन नगर्ने भन्दै सरकारलाई प्रश्न सोधेको छ ।

न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले बिहीबार शोभराजको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै थुनामुक्त गर्नु नपर्ने कुनै कारण भए महान्यायाधिवक्ताको कार्यालय मार्फत् तीन दिनभित्र जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ ।

'सिरियल किलर' चार्ल्स शोभराजले आफूले अदालतले तोकेको सजाय भोगिसकेको भन्दै थुनामुक्त हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा पुस ७ गते बन्दी प्रत्यक्षीकरणको रिट दिएका थिए ।

२० वर्षे कैद सजाय भुक्तान गरिरहेका शोभराजले निवेदनमा नेपालको कानुन अनुसार जेष्ठ नागरिकले पाउने सजायको छुट आफ्ना लागि पनि लागू हुनुपर्ने दाबी गरेका छन् । यसअघि पनि यस्तै प्रकृतिका निवेदनमार्फत् शोभराजले थुनामुक्त हुन प्रयास गरेका थिए । तर अदालतले उनको माग बमोजिम आदेश जारी गरेको थिएन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...