नेपालबाट चोरिएको मूर्ति बेलायतमा भेटियाे !

Tabahal

काठमाडाैं । नेपालबाट चोरी भएको अवलोकितेश्वर प्रस्तर मूर्ति बेलायतको प्रसिद्ध अक्सफोर्ड युनिभर्सिटी अन्तर्गत रहेको एश्मोलियन म्युजियमको संग्रहमा फेला परेको छ ।

 सन् ८० को दशकमा काठमाडौं, ताबहाल, लगनटोलको बौद्धबिहारबाट हराइरहेको बोधिसत्व पद्मपाणीको यो मूर्तिको पहिचान गर्नमा स्वीस अध्येता उल्रिच भोन स्क्रोडरको ‘नेप्लीज स्टोन स्कल्प्चर’ पुस्तकले सघाउ पुऱ्याएको छ ।

हराएका र चोरिएका सम्पदाको खोजबिनमा अभियानका रुपमा रहेको ‘लस्ट आर्टस् अफ नेपाल’ले दिएको सूचनामा सन् १९७६ मै अन्वेषक स्क्रोडरले यो मूर्तिको तस्बिर खिचेका थिए । संग्रहित अवलोकितेश्वर मूर्तिबारे म्युजियमको वेबसाइटमा उल्लेख भएअनुसार, मूर्तिको माथिल्लो र तल्लो भाग (पिँध)मा केही चर्किएको हुनाले त्यसमा मर्मत गरिएको जनाइएको छ । यो सम्पदालाई सातौं/आठौं शताब्दीको सृजना मानिएको छ ।

न्यूयोर्कस्थित जोन जे कलेजमा आर्ट–क्राइम विषयकी प्राध्यापक एरिन एल. थोम्सनसाग ग्यालरीका निर्देशक ग्यान्डेन थुरम्यानले गरेको संवादमा, आफूसँग रहेको नेपाली सम्पदा फर्काउने क्रममा न्यूयोर्कस्थित नेपाली कन्सुलेटमा सम्पर्क भइसकेको र मूर्तीको घरफिर्तीमा प्रक्रिया अघि बढेको छ ।

‘अरु म्युजियम र ग्यालरीले आफूसँग रहेका अरुकै सम्पदाहरु फिर्ता गर्नमा जसरी आनाकानी गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...