वैकल्पिक शक्ति भनिएको विवेकशीलमा भाडभैलो : पार्टीबाट निष्कासित पाण्डेले भने, कारबाही अवैध हो

Bibeksil 6

काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच ०७४ फागुन ११ गते पार्टी एकता गरेर विवेकशील साझा पार्टी बनेको थियो । नयाँ शक्तिको रुपमा उदाएको विवेकशील ४ वर्ष पूरा हुन नपाउँदै फेरि विभाजित बन्न पुगेको छ ।

विवेकशील साझा पार्टीका केन्द्रीय अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीच विवादका कारण विवेकशील विभाजन भएको हो। अध्यक्ष मिश्रले पार्टी संयोजक पाण्डेलाई पार्टीबाट निकालेका छन् । उनले पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि पार्टी विभाजित भएको हो ।

पार्टीको संयोजकबाट कारबाहीमा परेका मिलन पाण्डेले आफूमाथि गरेको कारबाही अस्वीकार गर्ने बताएका छन् । मंगलबार अध्यक्ष रवीन्द्र मिश्र पक्षले पाण्डेलाई कारबाही रवीन्द्र मिश्र पक्षले पाण्डेलाई कारबाही गरेको थियो । तर पाण्डेले आफूलाई गरेको कारबाही अस्वीकार गर्ने भन्दै उक्त निर्णय अवैध रहेको बताए ।

पार्टीबाट निकाल्ने निर्णय अवैधानिक भएको भन्दै पाण्डेले त्यसको भ्रममा नपर्न आग्रह गरेका छन् । उनले पार्टीको मुद्दा अहिले निर्वाचन आयोगमा रहेको भन्दै त्यहाँबाट न्याय नपाए अदालत जाने बताएका छन् । उनले पार्टीको विधान च्यात्नेलाई पार्टीको नाम, चुनाव चिन्ह र पहिचान प्रयोग गर्ने अधिकार नभएकोसमेत टिप्पणी गरेका छन् ।

संयोजक पाण्डेले मंगलबार २ सय १ सदस्यीय समानान्तर केन्द्रीय समिति घोषणा गरेका छन्। पाण्डेले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘गत २०७७ साल मंसिर २४ गते तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच ऐतिहासिक एकीकरण सम्झौता पत्रमा हस्ताक्षर गर्दै दुई पार्टी एकीकरण भई ‘विवेकशील साझा पार्टी’ गठन भएको सर्वविदितै छ ।

विगतका गल्तीका लागि क्षमा माग्दै संविधानवादको जगमा अग्रगामी, गतिशील, मध्य वामपन्थी पार्टीको रूपमा यस पार्टीलाई अगाडि बढाउँदै एकीकरण भएको मितिले ६ महिनाभित्र एकता महाधिवेशन गर्ने कार्यभारबाट विमुख भएर पश्चगामी, संविधान विरोधी र व्यवस्था विरोधी विचार अङ्गाल्दै पार्टीको एक जना कार्यकारी नेताले मार्ग परिवर्तन गरेपछि पार्टीमा अन्यौल सिर्जना भएकोमा हामी दुःखी छौँ ।’

वैकल्पिक राजनीतिको लिगेसीलाई निरन्तरता दिने र विवेकशील साझा पार्टीलाई वैचारिक तथा साङ्गठानिक रूपमा थप सशक्त बनाउने उनको भनाइ छ । यसअघि २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो। पार्टी एकतापछि अध्यक्ष मिश्रले एकलौटी गरेको भन्दै विवेकशीलका उज्जवल थापा अलग भएका थिए ।

०७६ असोजमा भएको राष्ट्रिय सम्मेलनबाट मिलन पाण्डे अध्यक्षमा निर्वाचित भएका थिए । विवेकशील अध्यक्षमा पाण्डे आएपछि फेरि पार्टी एकता भएको थियो । पाण्डेले फेरि पार्टी एकताको पहल गर्दा पूर्वअध्यक्ष थापाले असन्तुष्टि व्यक्त गरेका थिए ।

पाण्डेले फेरि पार्टी एकता गरेको भए पनि एक वर्ष पूरा हुन नपाउँदै फेरि विभाजित बन्न पुगेको छ । दोस्रो पटक पार्टी एकता गर्दा ६ महिनाभित्र पार्टीको एकता महाधिवेशन गर्ने सहमति भए पनि अन्ततः विभाजन नै हुन पुग्यो ।​​

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...