सरकारसँग तीन बुँदे सहमतिपछि बाँदरझुलावासीले गरे आन्दोलन स्थगित

Jhulabasi sahamati

काठमाडौं । लालपुर्जा माग्दै काठमाडौंमा आन्दोलन गर्न आइपुगेका चितवनस्थित बाँदरझुलाका सुकुम्वासीको समस्या समाधान गर्न सरकार तयार भएको छ। आफूहरुले वर्षैसम्म खनजोत गर्दै आएको जमिनको लालपुर्जा पाउनुपर्ने माग राख्दै आन्दोलन गरेका बाँदरझुलावासी र सरकारसँग तीन बूँदे सहमति भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष तथा चितवनका सांसदसमेत रहेका पुष्पकमल दाहाल, भूमि व्यवस्था तथा सहकारीमन्त्री शशि श्रेष्ठ, भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र माडी नगरपालिकाका मेयर ढकाल र पीडित सहितेको बैठकले बाँदरझुलीवासी सुकुम्वासी परिवारको समस्या समाधान गर्ने निचोड निकालेको हो।

पीडितसँगको छलफलपछि तीन बुँदे सहमति समेत भएको छ । निकुञ्ज ऐन संशोधन गरेर बाँदरझुलावासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने सहमति भएको हो। लालपुर्जाको बारेमा आयोगले तुरुन्तै सूचना निकालेर त्यसलाई अगाडि बढाउने तत्काललाई अस्थायी पुर्जाको निस्सा दिने सहमति भएको छ।

वन मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयले समन्वय गरेर ट्याक्टरले जोत्न पाउने व्यवस्था गर्ने, विद्युतका लागि ऊर्जा मन्त्रालयले कोर्डिनेसन गरि सहमतिसँगै बाँदरझुलावासीले आन्दोलन स्थगित गर्ने भएका छन्। सूचना निकालेर बाँदरझुलावासीलाई फागुन मसान्तसम्म पुर्जाको निस्सा दिइने भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले बताए।

तीन बुँदे सहमतिसँगै बाँदरझुलावासी आन्दोलन स्थगित गर्न सहमत भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...