संयोजक पाण्डेलाई विवेकशील साझाले गर्यो निष्कासन
काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्काशनको घोषणा गरिएको छ । अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी गतिविधि गरेको आरोप लगाउँदै पाण्डेलाई निष्काशनको घोषणा गरेका हुन् ।
विवेकशील साझाले पार्टीलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ ।’
यसअघि मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेको थियो भने त्यसको जवाफ पनि चित्तबुझ्दो नआएको मिश्रले पाण्डेलाई निष्काशन गरेको बारेको पत्रमा उल्लेख छ । उनलाई मंगलबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरिएको हो ।
प्रतिकृया दिनुहोस