एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

Rastriyasava baithak

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक अर्को सूचनाजारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

देशको बारेमा, विकासको बारेमा, समग्र राष्ट्रको अर्थतन्त्रको बारेमा छलफल गर्न उनले आग्रह गर्दा पनि नमानेपछि अध्यक्ष तिमिल्सिनाले कार्यसूचीमा रहेका बिषयलाई हटाई अर्को सूचना जारी नभएसम्मका लािग बैठक स्थगित गरे ।

सोमबार बसेको बैठक सुरु हुनेबितिकै एमालेका सांसदहरुले उठेर बिरोध गरेका थिए । बैठकमा राष्ट्रिय सभामा एमालेका सांसद देवेन्द्र दाहालले आफुहरुको मागका बिषयमा अझै पनि सुनुवाई नहुनु दुःखद् भएको बताए ।

सांसदहरुलाई कारबाही गर्नका लागि उठाएका विषय यथावत नै रहेकाले संसद चल्न नसक्ने उनको भनाइ थियो । उनले यसअघि भ्रष्टाचार भयो भन्नेहरु अहिले बोल्न नसकेको भन्दै एमाले नेतृत्वको सरकारलाई भ्रष्टाचारको मिथ्या आरोप लगाएको पुष्टि भएको तर्क गरे। दाहालले सत्तापक्षले प्रतिपक्षीसँग बार्ता गर्न नचाहेको बताए ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूलाई राष्ट्रिय सभा सञ्चालन हुन दिएर सदनको मर्यादा कायम राख्नका लागि आग्रह गरेका थिए । 

माधवकुमार नेपाललगायत एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्तको सूचना जारी नगरेको भन्दै एमालेले संघीय संसदको दुवै सदनमा निरन्तर अवरोध गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...