यस्तो छ आजको मौसम, उच्चपहाडी क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौैं । हाल देशमा उल्लेख्य मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज देशका पहाडी भूभागमा आशिंक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान पहाडी भू–भागहरूमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सुरकुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो देशका अधिकांश पहाडी भूभागम आंशिक बदली रहने तथा अन्यत्र मौसम सफा रहने महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको जनाइएको छ ।
राति देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिकृया दिनुहोस