दलहरुले एमालेलाई भने, सधैं संसदलाई बन्धक बनाउन पाइँदैन

Sarbadaliya baithak 4

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले प्रमुख विपक्षी दल नेकपा एमालेलाई संसद अवरोध नगर्न आह्वान गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्नानमा आइतबार बालुवाटारमा बसेको सर्वदलीय बैठकले प्रतिपक्षी एमालेलाई आफ्ना असहमति प्रकट गर्ने नाममा जननिर्वाचित संसद्लाई बन्धक नबनाउन आग्रह गरेको हो ।

एमाले केन्द्रीय समितिले आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै नेकपा एमालेले लगातार संसद अवरोध गरिरहेको छ । नेकपा एमाले विभाजनबाट बनेको नेकपा एकीकृत समाजवादी पार्टी पनि सर्वदलीय बैठकमा सहभागी भएपछि एमाले अनुपस्थित थियो ।

आइतबार बसेको सर्वदलीय बैठकले आफ्ना सहमति प्रकट गर्ने नाममा जननिर्वाचित संसदलाई बन्धन नबनाउन एमालेलाई आग्रह गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा एमसीसी र संसद् सञ्चालनका विषयमा लामो छलफल भएको जानकारी दिए । उनले सर्वदलीय बैठकले असन्तुष्टि प्रकट गर्ने नाउमा संसद्लाई बन्धक बनाउन नपाइने निष्कर्षमा पुगेको बताए ।

‘संघीय संसद् निरन्तर अवरुद्ध हुँदा संसद्को‌ नियमित काम र जनताको यस संस्थाबाट अपेक्षा गरेको गहन भूमिका प्रभावित भएको छ, जननिर्वाचित संस्थालाई यसरी लामो समयसम्म बन्धक बनाउनु उचित होइन, गतिरोधका कारण कतिपय महत्वपूर्ण विधेयक र प्रस्तावहरूसमेत अल्झिएका छन्,’ बैठकपछि सञ्चारमन्त्री कार्कीले भने, ‘संसदीय लोकतन्त्रलाई जीवन्त राख्न प्रतिपक्षको भूमिका महत्वपूर्ण हुन्छ । तर, सशक्त प्रतिपक्ष हुनुको अर्थ संसद् नै चल्न नदिनु भन्ने होइन ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...