प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा, आखिर किन दिइएन निम्तो ? यस्तो छ कारण
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । तर, प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई निम्तो नै गरिएको छ । प्रधानमन्त्री देउवाले बोलाएको सर्वदली बैठकबारे नेकपा एमालेले अनभिज्ञता प्रकट गरेको हो ।
एमाले अध्यक्ष केपी ओलीका सहयोगी रामशरण बज्गाइँले सर्वदलीय बैठकबारे आफूहरूलाई कुनै जानकारी नआएको बताए । ‘सर्वदलीय बैठकबारे अध्यक्षज्यूलाई निम्तो नै आएको छैन । के विषयमा छलफल हुने हो त्यो थाहा छैन,’ उनले भने, ‘हामीले चाहेअनुसार छलफल हुन्छ/हुँदैन ? त्यही आधारमा निर्णय हुन्छ । अहिले बैठकबारे निम्तो नै नआएकोले जाने/नजाने कुरै भएन ।’
आफ्नो पार्टीले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा एमालेले सहभागी नहुने अडान राख्दै आएको छ । संघीय संसद्मा जारी अवरोध र एमसीसी सम्झौताबारे छलफल गर्न प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजे सर्वदलीय बैठक आह्वान गरेका छन् ।
प्रतिकृया दिनुहोस