समाजवादी प्रेस संगठनको विशेष भेला ५ पुसमा

Samajbadi press

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले यही पुस ५ गते काठमाडौँमा विशेष भेला गर्ने भएको छ ।

उक्त भेलामा करिब ५०० जना सहभागी हुनेछन् । पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा हुने सो भेलामा गठबन्धनका शीर्ष नेताहरुले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रतिगमनको खतरा भन्ने विषयमा छलफल गर्नेछन् ।

संगठनका अध्यक्ष शम्भु श्रेष्ठले विभिन्न समयमा देशमा भएका आन्दोलनबाट प्राप्त अहिलेको व्यवस्थालाई संकुचित गरी जनताका अधिकारलाई कटौती गर्न अब कसैले पनि नसक्ने सन्देश दिन कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

गत वर्ष पुस ५ गते तत्कालीन प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन भएको दिनलाई प्रतिकात्मक रुपमा मानेर संगठनले देशभरका कमिटीलाई उक्त दिन विरोधस्वरुप जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्न निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...