काठमाडौंमा चिसो झन बढ्यो, तापक्रम ४.२ डिग्रीमा झर्‍यो

Chiso badhyo

काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकासहित देशभर चिसो झन बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहितका सहरमा दिउँसो घाम लागे पनि बिहान र राति तापक्रम घट्ने गरेको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४.२ डिग्रीसेल्सियसमा झरेको छ । अधिकतम तापक्रम भने डिग्री रहेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री रहँदा अधितम तापक्रम १५.४ डिग्री मात्र छ ।

धनगढीको तापक्रम ८.३ डिग्रीमा झरेको छ, त्यहाँ अधिकतम तापक्रम २४ डिग्री छ । नेपालगन्जको न्यूनतम तापक्रम ९, विराटनगरको ५.९, पोखराको ८ र विराटनगरको ९.५ डिग्री रहेको छ । मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

आज बिहान पहाडी क्षेत्रको मौसममा आंशिक बदली रहेको छ । हिमाली क्षेत्रहरुमा हिमपात हुने र झन चिसो बढ्ने विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...