एमालेले बनायो प्रदेश कमिटी, को को समिटिए त ?

Uml central commette1

काठमाडौं । नेकपा एमालेले सातवटै प्रदेश कमिटीमा पदाधिकारी चयन गरेको छ । एमाले केन्द्रीय कमिटी बैठकले सात वटै प्रदेशको नेतृत्व परिवर्तन गर्दै नयाँ कार्य समिति चयन गरेको छ ।

प्रदेशमा प्रदेश अध्यक्ष पदेन केन्द्रीय सदस्य रहने गरी एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, महिलासहित दुई उपसचिव रहेको प्रदेश कमिटी गठन गरेको हो ।

जसमा अनुसार प्रदेश नं १ मा अध्यक्षमा तुलसी न्यौपाने, उपाध्यक्षमा टीकाराम चेम्जोङ, सचिवमा चिन्तन पाठक, उपसचिवमा धन तामाङ र शैलेश लामा चयन भएका छन् । प्रदेश नं २ को अध्यक्षमा रामअवतार यादव, उपाध्यक्षमा रेवती पन्त, सचिवमा डा कृष्ण पौडेल, उपसचिवमा फर्मुद नदाव र आरती भण्डारी चयन भएका छन् ।

त्यस्तै वाग्मती प्रदेशको अध्यक्षमा केशवराज पाण्डे, उपाध्यक्षमा रामहरि सुवेदी, सचिवमा विजय सुवेदी, उपसचिवमा महेश बर्तौला र रत्न गुरूङ चयन भएका छन् । गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा, उपाध्यक्षमा मोहन रेग्मी, सचिवमा धनन्जय दवाडी, उपसचिवमा मञ्जु अधिकारी र रश्मी आचार्य चयन भएका छन् ।

लुम्बिनी प्रदेशमा अध्यक्षमा राधाकृष्ण कँडेल, उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, सचिवमा लक्ष्मण आचार्य, उपसचिवमा लीला राना र दुर्गा थारू चयन गरिएको छ ।

सो बैठकले कर्णाली प्रदेश अध्यक्ष विनोद शाह, उपाध्यक्षमा लालबहादुर महतारा, सचिवमा कमल शाही, उपसचिवमा रूपा शाही र टेकराज पछाईं चयन भएका छन् ।

सुदूरपश्चिम प्रदेशको अध्यक्ष दामोदर भण्डारी, उपाध्यक्षमा कमल तिमल्सिना, सचिवमा धर्मराज पाठक, उपसचिवमा बलदेव रेग्मी र भगिरथी विष्ट चयन भएका छन् भने उपत्यका विशेष अध्यक्षमा प्रेमकुमार पराजुली, उपाध्यक्षमा विदुर कार्की, सचिवमा समिर नेपाल, उपसचिवमा चन्द्र रिजाल र उर्मिला सुनुवार चयन भएका छन् ।

प्रदेश सङ्गठन कमिटी आगामी माघ ८ गतेसम्मका लागि चयन गरिएको र यही कमिटीले नयाँ नेतृत्व चयन गर्ने गरी जिम्मेवारी प्रदान गरिएको बताइएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...