समाजवादी कांग्रेसले सरकारलाई भन्यो, वेलायतसँग वार्ता गर्न तत्काल वार्ता समिति बनाऊ

Pushpa rana press meet 1

काठमाडौं । भुपु गारेखा सैनिकका परिवारले उठाउँदै आएका मागप्रति ऐक्ववद्धता जनाउँदै आएको नेपाल समाजवादी कांग्रेसले वेतायत सरकारसँग वार्ता गर्न तत्काल वार्ता समिति बनाउन माग गरेको छ ।

समाजवादी कांग्रेसले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लामो समयदेखि वेलायती सैनिक सरहको सुविधा पाउनुपर्ने माग गर्दै आएका संयुक्त संघर्ष समितिले उठाउँदै आएमा माग पूरा गराउन वेलायती सरकार तयार भए पनि नेपाल सरकारले वार्ता समिति नबनाएकोले तत्काल सरकारको तर्फबाट वार्ता समिति बनाउन माग गरेको हो ।

नेपाल सरकारले समयमै वार्ता समिति नबनाउँदा वेलायती सैनिक सरह सुविधाको माग राख्दै हुँदै आएको आन्दोलनले सार्थकता नपाउने अवस्था आएको आन्दोलनरत पक्षले गुनासो गरेको छ । भुतपूर्व गोरखा संघर्ष समितिले उठाएका माग पूरा हुने अवस्था आए पनि नेपाल सरकारकै लापरवाहीले गर्दा वेलायतसँगको वार्ता विफल हुने अवस्था आएको समाजवादी कांग्रेसको आरोप छ ।

सो पत्रकार सम्मेलनमा नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले नेपाल सरकार नेपाली नागरिकप्रति उद्धार नभएको आरोप लगाए । उनले तत्काल वार्ता समिति बनाएर भुपु गोरखा सैनिकका परिवारले उठाउँदै आएका जायज माग पूरा गराउन नेपाल सरकारले पहल गर्नुपर्नमा जोड दिए । उनले नालायकी सरकारकै कारण लामो संघर्षपछिको उपलब्धी पनि गुम्ने खतरा रहेको उनले बताए ।

समाजवादी कांग्रेसले वेलायतमा आमरण अनसन चलिरहेका बेला पत्र लेख्दै बेलायत सरकारको ध्यानाकर्षण गराएको थियो । आमरण अनसन बस्ने राणा समाजवादी कांग्रेसको उपाध्यक्ष भएका कारण पनि पार्टीले गोरखा सैनिकको विषयमा पटकपटक आवाज उठाउँदै आएको सचिव मानबहादुर गुरुङले बताए ।

आफ्नो अधिकारका लागि १३ दिनसम्म आमरण अनसन बसेका पुष्पा राणा घले, ज्ञानराज राई र धनबहादुर गुरुङसँग भएको लिखित सहमति अनुसार यही डिसेम्बर २१ देखि वार्ता हुँदैछ । तर, वार्ताको समय आइसक्दा पनि नेपाल सरकारले वार्ता समिति नबनाएपछि आन्दोलनरत समुह आक्रोसित बनेको छ । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिकी सचिव पुष्पा राणा घलेले सरकारले भुपू गोरखाको माग पूरा गराउन वार्ता समितिसमेत बनाउन नसकेको बताइन् ।

पछिल्लोपटक जुलाई ७ देखि १९ तारिखसम्म आफ्नो अधिकारका लागि भएको सत्याग्रह अन्त्यका लागि वेलायतले नेपालसँग वार्ता गरेर भुपु गोरखा सैनिकका परिवारले उठाउँदै आएका मागहरु पूरा गर्ने लिखित प्रतिवद्धता जनाएको थियो ।

सचिव घलेले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वेलायती सरकारले वार्ता गर्न खोज्दा खोज्दै पनि वार्ता समिति बनाउन नसकेर सरकारले लाचारी व्यवहार देखाएको आरोप लगाइन् । उनले नेपाल सरकारकै कारण वार्ता असफल बने हात बाँधेर नबस्ने चेतावनी पनि दिइन् ।

उनले सरकारी वेवास्थाका कारण वेलायतले बोलाउँदा पनि वार्ता समिति बनाउन नसक्नुले नेपालको लाचारीपन स्पष्ट भएको बताइन् । ‘वेलायती सरकारले आमरण अनसन तोडेको बेला जसरी पनि भुपु गोरखा सैनिकको माग पूरा गर्ने प्रतिवद्धता जनाएको छ’, ‘तर, नेपाल सरकारले वार्ताको समय आइसक्दा पनि वार्ता समिति बनाउन सकेन । यो नेपालकै लागि लज्जाको विषय बनिसक्यो ।’

भुपु गोरखा सैनिकका परिवारले लामो समयदेखि उठाउँदै आएका मागहरु पूरा गर्न डिसेम्बर २१ मापहिलो चरणको वार्ता हुँदैछ । तर, नेपाल सरकारले भने राजदूत जनवरी पहिलो साता मात्रै पठाउने बताउँदै आएको छ । सरकारले तत्काल राजदूत नपठाउँदा वार्ता हुने अवस्था न्युन हुँदै गएको छ ।

वेलायती सरकारसँग वार्ता राणा सोमबार वेलायत जादैछिन् । वेलायती सरकारले भुपु गोरखा सैनिकका परिवारले उठाउँदै आएका अरु सैनिकका परिवारले पाउँदै आएको सेवा सुविधा समान हुनुपर्ने मागप्रति निक्कै सचेत रहेको उनको भनाई छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...