दुर्गा प्रसाईँलाई एमालेले बनायो केन्द्रीय सदस्य, थप ३० जना मनोनित
काटमाठौं । नेकपा एमालेले मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंलाई केन्द्रीय कमिटी सदस्य बनाएको छ ।
मनोनीत हुनेमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, लालबाबु पण्डित, दुर्गा प्रसाईदेखि विद्यार्थी नेता ऐन महरसम्म छन् । प्रसाई मेडिकल व्यवसायी हुन् । उनी माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए ।
पण्डित पदाधिकारीमा नाम नपरेपछि एमालेको महाधिवेशन नै छाडेर हिँडेका थिए । विगतमा उनी एमालेमा माधवकुमार नेपाल निकट थिए ।विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनीत गरिएको एमालेले जानकारी दिएको छ ।
शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले प्रसाईंसहित ४४ बढी केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गरेका हुन् ।
छलफलबिनै प्रस्ताव पुगेको भन्दै नेतृ अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण विष्ट लगायतले भने विरोध गरेका छन् । सोमबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले प्रसाईँको नाम प्रस्ताव गरेका हुन् ।
भक्तपुरको गठ्ठाघरमा जारी बैठकमा अध्यक्ष ओलीले प्रसाईसहित ३० जना नेताहरूको नाम प्रस्ताव गरेका हुन् । यस्तै दल फडेरा, मानवीर राई, ऐन महर, चउमोहन गौचन, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बाँस्कोटा, विशाल भट्टराई उद्धव रेग्मी, बद्रफ न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, सुवास देवकोटा, भीम केसी, लालबाबु पण्डित, चुडादेव सिंह लामा, विषमलाल अधिकारी, रेशम लामा, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विश्वकर्मा केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
यसैगरी इन्दिरा गौतम, सरस्वती चौधरी, युमना रोका, उमा कोइराला, कल्पना चापागाईं, आशा विक, नैनकला ओझा, मञ्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जेल, गीता कार्की, शान्ति अधिकारी, रुक्मणी राणा, सविता थादव, तारादेवी गुरुङ पनि मनोनीत भएका छन्।
प्रतिकृया दिनुहोस