देउवा र पौडेलबीच भेटवार्ता, देउवाले गरे सहयोगको अपिल

Deuba paudel

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्वको दौडबाट बाहिरिएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति शेरबहादुर देउवाले भेटेर सहयोग मागेका छन् । सभापतिका उम्मेदवारी दर्ता गरेपछि शनिबार साँझ प्रधानमन्त्री समेत देउवा पौडेललाई भेट्न उनकै निवास बोहोराटारमा पुगेका थिए ।

पौडेलको सचिवालयका अनुसार भेटमा देउवाले उनलाई राजनीतिबाट बाहिर हुने कुरा नगर्ने आग्रह गरेका थिए । राष्ट्रका लागि पौडेलको आवश्यकता रहेको देउवाले भनेका थिए । आफ्नो सिद्धान्त र आदर्श विपरीत अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट आफू बाहिरिएको पौडेले बताएका थिए ।

उनले देउवालाई स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गरेका थिए । पौडेलले १४ औं महाधिवेशनमा कुनै पदमा उम्मेदवारी दिएका छैनन् ।

‘सवा ९ बजेतिर उहाँ (देउवा) आउनु भएको थियो । ४५ मिनेटजति कुराकानी भयो’, पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले भने, ‘राष्ट्रलाई तपाइँको अझै खाँचो छ । स्वास्थ्यको ख्याल गर्नुहोला र महाधिवेशनमा मलाई सहयोग गर्नुहोस् ।’

शनिबार १४औँ महाधिवेशनमा सभापतिको दौडबाट बाहिरिएको विज्ञप्ति जारी गरेर जानकारी दिएका नेता पौडेलले राष्ट्रिय राजनीतिमा भने रहिरहने बताएका थिए । कांग्रेसको आफ्नो सिद्धान्त, आदर्शभन्दा विपरीत अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनमा सभापतिको दौडबाट आफू बाहिरिएको पौडेलले बताएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...