एमालेले आज स्थायी कमिटी र पोलिटव्यूरो गठन गर्दै

Uml central commette1

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक आज बिहान ११ बजे गठ्ठाघर भक्तपुरमा बस्ने एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा छलफलका लागि विभिन्न १५ वटा कार्यसूची तयार गरेको एमालेले शनिबार पहिलो दिन केही महत्त्वपूर्ण विषयहरुमा छलफल गरी निर्णय गरेको छ। बैठकमा शनिबार सपथ ग्रहणमा छुटेका केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराइएको थियो ।

त्यस्तै, बैठकले पार्टीको केन्द्रीय सल्लाहकार परिषद् गठन गर्नुका साथै आगामी पुस २३ गते जिल्ला अधिवेशन एकै साथ र माघ ८ गते सबै प्रदेश कमिटीको अधिवेशन एकैसाथ सम्पन्न गर्ने निर्णय गरेको छ ।

विधानमा आवश्यक सम्पादन गर्न र पार्टीको नियमावली संशोधन गर्नका लागि कार्यदल गठन गरेको छ। आजको बैठकमा बाँकी विषयमा छलफल हुने कार्यालय सचिव तामाङले जानकारी दिए ।

एमालेले आज स्थायी कमिटी र पोलिटव्यूरो गठन गर्ने भएको छ । त्यस्तै आजको बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...