माओवादीको प्रदेश १ को अधिबेसन विराटचाकमा शुरु, अध्यक्षमा ३ जना आकांक्षी

Maobadi pradesh 1

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रदेश १ को प्रथम अधिवेशन मोरङ विराटचौकमा सुरु भएको छ । प्रदेशभरीका झण्डै १५ सय प्रतिनिधि सहभागी भएको अधिवेशनमा माओवादीले देशभरका ७ वटा भूगोल प्रदेश समिति र २ वटा एशोसियट प्रदेश समितिको अधिवेशन आज (शनिबार) एकैदिन गर्न लागेको हो ।

अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ भने आगामी कार्यदिशाबारे बहस गर्दै निष्कर्ष निकाल्ने पार्टीले जनाएको छ । प्रदेश १ समिति २ सय ५९ सदस्यीय हुनेछ भने उक्त समितिले पदाधिकारी चयन गर्नेछ । प्रदेश १ माओवादीको अध्यक्षका लागि सुरेसकुमार राई हिमाल, हेमराज भण्डारी र ईन्द्रबहादुर आङ्बो लगायतले आकांक्षा राखेका जनाइएको छ ।

प्रदेश अधिवेशनबाट पार्टीको विधानअनुसार ९ जना पदाधिकारी चयन हुनेछ। जसमा अध्यक्ष १, उपाध्यक्ष महिलासहित ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्षसहितको प्रदेश समिति निर्वाचित हुनेछन् ।

पार्टी विधानअनुसार अधिवेशनपछिको नेतृत्व पूर्ण समावेशी र अधिकारसम्पन्न बनाउन नेतृत्वमा ३५ प्रतिशत महिला, प्रदेशमा रहेको जनसंख्याको अनुपातमा थप २ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाहरूको सहभागिता सुनिश्चित गरिने नेकपा माओवादी केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...