जनवकालत सम्बन्धी कार्यशाला काभ्रेको धुलिखेलमा शुरु

Dhulikhel news

काभ्रे । तथ्यमा आधारित जनवकालतका लागि रणनीतिक कार्यशाला गोष्ठी काभ्रेको धुलिखेलमा शुरु भएको छ ।

दलित महिला केन्द्र नेपालको आयोजनामा शुरु भएको सो गोष्ठी शनिबार सम्पन्न हुनेछ । सो गोष्टीमा विराट सामुदायीक विकास केन्द्रका प्रकाश कुमार पोख्रेल र सिर्जना कोइरालाले प्रशिक्षण दिइरहेका छन् ।

दुई दिनसम्म चल्ने सो कार्याशालामा दलित, जनजाति तथा अधिकारमुखी संघ संस्थाका दुई दर्जन प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

जनवकालतको क्षेत्रमा कार्यरत रहेका संघ संस्थालाई तथ्यमा आधारित रहेर कसरी वकालत गर्ने र जनजाति, महिला, मधेशी, तथा सीमान्तकृत समुदायका सवालहरुको पहिचान र समाधानमा संघ संस्थाको भुमिका उच्च रहने भएकाले कार्यशालाको आयोजना गरिएको दलित महिला केन्द्रकी अध्यक्ष गौरा नेपालीले बताइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...