समाजवादी निकट दलित मुक्ति संगठन प्रदेश नं. १ मा पुनः रसाइली चयन
धरान । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठनको प्रदेश नं. १ को अध्यक्षमा कृष्ण रसाइली पुनः अध्यक्ष चयन भएका छन् ।
बिहीबार सुनसरीको इटहरीमा भएको भेलाले प्रदेश नं. १ को यस अघिको कमिटीलाई पुनगर्ठन गरी १५१ सदस्य प्रदेश कमिटी गठन गरेको हो । रसाइली यसअघि पनि अध्यक्ष थिए ।
जसको बरिष्ठ उपाध्यक्ष केशर महते (संखुवासभा), उपाध्यक्ष द्धय देवीमाया नेपाली (ताप्लेजुङ,) र भविन्द्र विश्वकर्मा (मोरङ), सचिवमा परशुराम शंकर (झापा), उपसचिवमा पिवि दियाली (सुनसरी), सन्तोष सेन्चुरी (पाँचथर), ज्ञानेन्द्र नेपाली (तेह्रथुम) र कोषाध्यक्षमा बालकृष्ण तिरुवा (सुनसरी) लाई चयन गरेको छ ।
सो भेलाले प्रदेश नं. १ का १४ जिल्लामा इन्चार्ज तोकेको छ । जसअनुसार ताप्लेजुङमा सन्त बराइली, पाँचथरमा अम्बिका गदाइली, इलाममा कमल गदाल, झापामा उदय बराइली, मोरङमा भविन्द्र विश्वकर्मा, सुनसरीमा पिवि दियाली, धनकुटामा सूर्य विक, तेह्रथुममा पदम नेपाली, भोजपुरमा गोविन्द वि.क, संखुवा सभामा केशर महते, उदयपुरमा छविधन मोते, खोटाङमा झोलिन्द्र वि.क, ओखलढुंगामा तिलक लोहनी, सोलुखुम्बुमा मीन रोकाया रहेका छन् ।
त्यसैगरी भेलापछिको पहिलो बैठकले पदाधिकारीहरु, प्रदेशका केन्द्रीय सदस्यहरु तथा जिल्ला इन्चार्ज र जिल्ला अध्यक्ष रहेको ५१ सदस्यीय सचिवालय गठन गरेको छ । साथै पुस गतेभित्र प्रदेशका सबै जिल्लाहरुमा जिल्ला कमिटी पुनगर्ठन गरिसक्ने र पुस ३ गते एकै दिन १४ वटै जिल्लामा स्थापना दिवससहित गठन पुनगर्ठनको काम सम्पन्न गर्ने निर्णय गरेको छ । साथै पौष मसान्तभित्र सबै स्थानीय तहको गठन पुनगर्ठनको काम सम्पन्न गरी प्रदेश स्तरीय कार्यकर्ता भेला इटहरीमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
सो भेलामा संगठनका केन्द्रीय अध्यक्ष तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य गणेश विश्वकर्माले नेकपा एकीकृत समजवादी तत्कालिन एमालेबाट विद्रोह गर्दै पुनगर्ठन गरिएको पुष्पलालकालीन कम्यूनिष्ट पार्टीको निरन्तरता भएकाले बताए । उनले नेपाली दलित मुक्ति आन्दोलनको जेठो अनि अग्रणी नेता संगठनको विरासतलाई कुनै पनि हालतमा झुक्न नदिने संकल्पकासाथ दक्षिणपन्थी अवसरवादी प्रवृतिलाई सम्पूर्ण दलितहरुका बीचमा लैजान आव्हान गरे ।
सो भेलामा संगठनका उपाध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य दुर्गा परियार, संगठनका उपाध्यक्ष तथा प्रदेश नंं १ का इन्चार्ज श्याम लुहागुन, संगठनका केन्द्रीय सचिव कमरेड भवानी शंकर, संगठनका केन्द्रीय अनुशासन कमिटीका अध्यक्ष तारा रुचाल, केन्द्रीय सल्लाहकार डम्मर गदाल लगायतको उपस्थिती थियो ।
प्रतिकृया दिनुहोस