गाउँपालिका उपाध्यक्षले अध्यक्षका दुई दाँत भाँचिइदिएपछि...

Chhinnamasta gaunpalika president and vice president

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच मंगलबार कुटाकुट भएको छ ।

गाउँ कार्यपालिकाको बैठकका क्रममा अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’ र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुँदा अध्यक्ष मण्डलको दुईवटा दाँच भाँचिएको छ ।

गहुँको विषयमा छलफल चलिरहँदा अध्यक्ष सूर्यरानायणले उपाध्यक्ष उषाकुमारीलाई गालीगलोच गरेपछि कुटाकुट भएको ३ नम्बर वडाका अध्यक्ष दिपेन्द्र प्रसाद यादवले खबरहबलाई फोनमा जानकारी दिए ।

अध्यक्ष र उपाध्यक्षबीचको विवादका कारण गाउँपालिकाको पछिल्लो दुई बर्षको गाउँसभा हुन नसक्दा कर्मचारीले तलब नपाएको भन्दै आन्दोलन गरेका थिए । कर्मचारीको आन्दोलनपछि एक साताअघि मात्रै गाउँसभा भएको थियो ।

उपाध्यक्षले कुर्सी उठाएर अध्यक्षमाथि प्रहार गर्न खोज्दा उनकै हातको चुरासमेत फुटेको वडा अध्यक्ष यादवले बताए । ‘उहाँको हातमा सामान्य चोट पनि लागेको हामीले हेर्‍यौं’ उनले भने ।

अध्यक्ष राजपाका हुन् भने उपाध्यक्ष लोसपाकी हुन् । यो विषयमा प्रतिक्रिया लिन खोज्दा उपाध्यक्षको फोन उठेन भने अध्यक्षको मोबाइलको स्वीच अफ छ । सो गाउँपालिकामा विगत ८ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीले तलबसमेत खान पाएका छैनन् । कर्मचारी नभएकाले पनि अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट भएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...