विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक, कुन देशका कति महिला परे ?

100 women

काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ । समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा प्रेरक र प्रभावशाली १०० महिलाको सूची जारी गरेको हो। सूचीमा विश्वभरमा समाज र संस्कृतिलाई नयाँ सिराबाट बदल्न भूमिका निभाएका महिलाहरु अटाएको बीबीसीले जनाएको छ ।

यस वर्ष सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार विजेता मलाला युसुफजइ, सामोआकी पहिलो महिला प्रधानमन्त्री फियामे नाओमी माताफा, भ्याक्सिन कन्फिडेन्ट प्रोजेक्ट की प्रमुख प्रोफेसर हेयडी जे लर्सन र चर्चित लेखिका चिमामान्डा नगोजी अडिची रहेका छन् ।

सूचीमा धेरै जसो अफगानिस्तानका महिलाहरु अटाएका छन्। यसमध्ये केहीको वास्तविक नाम सुरक्षा लगायतका कारणले आफूहरुले प्रकाशन गर्न नसकेको बीबीसीले जनाएको छ। भारतका दुई र चीनका दुई जना पनि सूचीमा अटाएका छन् ।

कसरी छानिए १०० महिला ?
बीबीसी को १०० विमिन टोलीले उनीहरू तथा बीबीसी विश्वसेवाका भाषा टोलीहरूले सङ्कलन गरेका नामहरू छाँटकाँट गरेको थियो। गत १२ महिनामा कसले हेडलाइनहरूमा स्थान पाएका थिए अनि कसले महत्त्वपूर्ण प्रभाव पारेका थिए भनेर हेरिएको थियो। साथै समाचार नबनेपनि कसैसँग प्रेरक कथा छन् कि, वा कुनै महत्त्वपूर्ण उपलब्धि प्राप्त भएको छ कि, वा कसैले समाजमा विशेष प्रभाव पारेका छन् कि भनेर पनि हेरिएको थियो।

उक्त नामहरूलाई यो वर्षको मुख्य 'थिम' - हाम्रा समाज, हाम्रा संस्कृति अनि हाम्रा संसारलाई परिष्कृत गर्न लागिपरेका महिलाहरू जसले महामारी पछिको विश्वलाई सुधार्न भूमिका खेलेका छन् - सँग तुलना गरेर थप हेरफेर गरियो। साथै क्षेत्रीय प्रतिनिधित्व तथा निष्पक्षतालाई पनि आधार मान्दै अन्तिम नामावली चयन गरिएको थियो।

यो वर्षको बीबीसी १०० विमिनले सूचीमा आधा महिला अफगानिस्तानबाट छान्ने अभूतपूर्व निर्णय पनि गर्‍यो। उक्त देशमा हालै भएका घटनाहरूपश्चात् दशौँ लाख अफगानहरू भविष्यबारे चिन्तित छन्। मानवअधिकारवादी समूहहरूले तालिबानको शासनमा त्यहाँ भावी दिनमा महिलाका स्वतन्त्रताहरूमा थप क्षयीकरण हुनसक्ने बताइरहेका छन्।

सूचीको आधा नाम उक्त देशका महिलाहरूमा समर्पित गर्दै गर्दा बीबीसीले तीमध्ये कतिपयलाई सार्वजनिक जीवनबाट 'हराउनु' परेको बाध्यता पनि उजागर गर्न खोजेको छ। तथा दबाइएका तिनका आवाज सुनाउन चाहेको छ ।

डिसेम्बर ३ मा तालिबानले तिनको सर्वोच्च नेताको नामबाट आदेश जारी गर्दै मन्त्रालयहरूलाई 'महिला अधिकारबारे' गम्भीर कामकारबाही गर्न अह्राएको छ । उक्त आदेशमा विवाह तथा सम्पत्तिमा महिला अधिकारबारे नियमहरू खुलाइएका छन् ।

त्यसमा महिलाहरूलाई जबरजस्ती विवाहबन्धनमा पार्न नपाइने अनि उनीहरूलाई 'सम्पत्ति' को रूपमा व्यवहार गर्न नपाइने उल्लेख छ । तर उक्त आदेशमा बालिकाको माध्यमिक शिक्षासम्बन्धी अधिकार अनि महिलाको काम गर्ने अधिकार कटौती भएका बारे केही उल्लेख नभएको भन्दै कतिपयले आलोचना गरेका छन् ।

सूचीमा रहेका केही अफगान महिलाहरूको पहिचान उनीहरू तथा परिवारको सुरक्षाका कारणले उनीहरूकै अनुमतिमा अज्ञात राखिएको छ। यसो गर्दा बीबीसी सम्पादकीय नीति एवं सुरक्षा मापदण्डको पनि पालना गरिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...