बौद्ध क्षेत्रमा विदेशी पर्यटकको चहलपहल

Bauddhnatha 2021

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको बौद्धनाथ क्षेत्रमा विदेशी पर्यटकको चहलपहल देखिन थालेको छ ।

गत असोज १९ गतेदेखि विदेशी पर्यटकका लागि बौद्धनाथ क्षेत्र खुला गरिएको थियो । नेपालमा कोरोना भाइरसका सङ्क्रमित देखिन थालेपछि विसं २०७६ चैत पहिलो सातादेखि विदेशी पर्यटकका लागि बौद्धनाथ क्षेत्र बन्द गरिएको थियो ।

कोरोना महामारीबाट बच्न बन्दाबन्दी एवं निषेधाज्ञा जारी गरिएका बेला भने स्वदेशी भक्तजनका लागि पनि बौद्धनाथ क्षेत्र बन्द गरिएको थियो । बन्दाबन्दीका बेला बौद्ध घ्याङ गुठीमा नित्य पूजा आराधना बाहेकका सबै गतिविधिमा रोक लगाइएको थियो ।

विदेशी पर्यटकका लागि सम्पदा क्षेत्र खुला गरिएपछि असोज महिनामा दक्षिण एशियाली देशका ५८५ र अन्य देशका ४२७ पर्यटक घुम्न आएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले राससलाई जानकारी दिए । यसैगरी कात्तिक महिनामा दक्षिण एसियाली देशका दुई हजार ८११ र अन्य देशका दुई हजार १४८ पर्यटकले बौद्ध क्षेत्रको अवलोकन गरेका छन् ।

मङ्सिर ११ गतेसम्म दक्षिण एशियाली देशका एक हजार १५७ र अन्य देशका ९३० पर्यटकको आगमन पनि बौद्ध क्षेत्रमा भएको छ । बौद्ध क्षेत्र आउने दक्षिण एशियाली देशका पर्यटकसँग रु १०० र अन्य देशका पर्यटकसँग रु ४०० शुल्क लिइन्छ । समितिले टिकट काउन्टर राखेर शुल्क उठाउँदै आएको छ । विदेशी पर्यटक आउन थालेसँगै बौद्ध क्षेत्रमा चहलपहल पनि बढेको छ । डेढवर्षदेखि ठप्प प्राय : रहेको यहाँका पर्यटकीय सामग्रीको किनमेल हुने पसलमा पनि ग्राहक देखिन थालेका छन् ।

बौद्ध क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस क्षेत्रको सफाइमा विशेष ध्यान दिइएको समितिले जनाएको छ । प्रत्येक महिनाको अन्तिम शनिबार बिहान यहाँका सङ्घ संस्था र स्थानीयवासीको सक्रियतामा सफाइ अभियान भइरहेको छ । नियमित रुपमा भने समितिका कर्मचारीले यस क्षेत्रको सफाइमा योगदान गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...