मंसिर २० सम्ममा कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक हुने

Rastriya exam board

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मंसिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

अहिले उत्तरपुस्तिका परीक्षणबाट प्राप्त नतिजालाई सम्परीक्षण तथा तालिकीकरणको काम भइरहेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए।

‘अन्य कुनै प्राविधिक समस्या नआए यही मंसिर २० गतेभित्रै नतिजा सार्वजनिक गर्ने हाम्रो तयारी छ,’ शर्माले भने ।

यस वर्ष कक्षा १२ को परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन गरिएको थियो। परीक्षामा पौने चार लाख विद्यार्थी सहभागी भएका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...