अध्यक्षको दौडबाट पछि हट्न कमल थापालाई लिङ्देनको आग्रह  

Rajendra lingden

काठमाडौँ । राप्रपाका महामन्त्री तथा अध्यक्ष पद उम्मेदवार राजेन्द्र लिङ्देनले वर्तमान नेतृत्वले पार्टीकै अस्तित्व संकटमा पारेको आरोप लगाएका छन् ।

भृकुटीमण्डपमा भइरहेको राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै लिङ्देनले पार्टीले तीन प्रतिशतसम्म मत ल्याउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेकोमा रोष व्यक्त गरे ।

सरकारमा जाने र पार्टीको हैसियत गिराउने कामले राष्ट्रिय पार्टी बन्न नसकेको बताउँदै उनले कमल थापालाई अध्यक्षको दौडबाट हटेर आफूलाई सहयोग गर्न आग्रह गरे ।

प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर जबराले आफूलाई समर्थन गरिसकेको घुमाउरोशैलीमा जानकारी दिँदै लिङ्देनले अध्यक्षत्रयको पार्टीमा अझै भूमिका रहेको भए पनि नेतृत्व नयाँ पुस्तामा जानुपर्ने बताउँदै आफूलाई सहयोग गर्न थापासँग आग्रह गरे ।

उद्घाटन सत्रमा लिङ्देन बोल्दा कार्यकर्ताहरूले उनको समर्थनमा चर्को हुटिङ गर्दै स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...