त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नि : शुल्क बस सेवा सुरु

Prem aale 8 .jpg

काठमाडौँ  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन्। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक नि : शुल्क बस सेवा शुभारम्भ कार्यक्रममा उनले अरु यात्रुसँगै यात्रा गरेका हुन्।

रिवन काटेर सेवाको उद्घाटना गरेका मन्त्री आलेले यात्रुले भरिएको माइक्रो बसमा कोचिएर विमानस्थलको गोल्डेन गेटसम्मको यात्रा गरेका हुन्। विमानस्थलको आन्तरिक हवाई सेवाका यात्रुलाई विमानस्थलबाट नि : शुल्क बस सेवा सुरु गरिएको हो।

विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि नागरिक उड्ययन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो।

नि :शुल्क बस सेवासँगै विमानस्थलमा यात्रुको विश्रामस्थलको पनि व्यवस्था गरिएको छ। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...