जनताका चाहना पूरा गर्न सहकार्य र सहमतिको खाँचो छ : प्रचण्ड

Prachanda

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक चुनावतर्फ गएको बताएका छन्।

बुटवलमा माओवादी नेता स्व.रामप्रसाद बञ्जाडेको श्रद्धाञ्जली सभामा बोल्दै उनले दलहरू महाधिवेशनमा गएको र ती महाधिवेशनले चुनावी तयारी गर्न थालिसकेको बताए।

‘मुलुक चुनावतिर गइसकेको संकेत दलका महाधिवेशनहरूका गतिविधिले गरिरहेका छन्,’ उनले भने, ‘चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन दलहरूबीच आपसी समझदारी र सहकार्य जरूरी छ।’

उनले समाजवाद उन्मुख भइसकेको मुलुकलाई समृद्ध बनाउनका लागि पनि दलहरूबीच सहकार्य जरूरी रहेको बताए।

‘संविधानको समावेशी र समानुपातिक मूल्य मान्यतालाई आत्मसाथ गर्दै जनताका चाहना पूरा गर्न सहकार्य र सहमतिको खाँचो छ,’ उनले भने । उनले नेता बञ्जाडेको योगदानको चर्चा गर्दै योद्धाहरूको सपना पूरा गर्नका लागि माओवादी प्रतिबद्ध रहेको बताए।

नेता बञ्जाडेको बुटवलमा दुर्घटनामा परी मृत्यु भएको थियो। बिहान रूपन्देही आएका प्रचण्ड आजै रूपन्देहीमै कार्यकर्तालाई प्रशिक्षण दिने र पार्टी प्रवेश गर्ने कार्यक्रममा सहभागी हुनेछन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...