श्रीमानको हत्या गरि फरार महिला ७ वर्षपछि पक्राउ
काठमाडौँ । श्रीमानको हत्या गरि फरार रहेकी एक महिला सात वर्षपछि पक्राउ परेकी छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले मंगलबार काठमाडौँको बानेश्वरबाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दाङ तुलसीपुर उप महानगरपालिका वडा नं.१० भट्टे घर भई हाल काठमाडौँ बस्दै आएकी ५० वर्षीया दिल कुमारी सेन रहेकी छन् । २०७१ साल चैत ९ गते काठमाडौँको लागेको अवस्थामा एक पुरूषको शव भेटिएको थियो ।
अनुसन्धान गर्ने क्रममा उक्त शव तुलसीपुर उप महानगरपालिका वडा नं.१० घर भई तत्कालिन अवस्थामा थापागाउँ बस्दै आएका द्रोण बहादुर सेनको रहेको खुलेको थियो । प्रहरीका अनुसार सेनलाई टाउकोमा ईंटा प्रहार गरि हत्या गरेको पाइएको थियो ।
सो कार्यमा संलग्नता रहेका रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका ४, काफ्लेटोल स्थायी घर भएको ५४ वर्षीय भिमे सार्कीलाई गत फागुन ५ गते पक्राउ गरेको थियो । सोही मुद्दामा फरार दिल कुमारीलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।
प्रतिकृया दिनुहोस