मतदान पछि भीम रावलले भने, ‘निर्वाचन मतपरिणाम जे आएपनि स्वीकार गर्न तयार छु’
काठमाडौँ । नेकपा (एमाले) को १० औं महाधिवेशन सौराहामा चलिरहेको छ । अहिले मतदान सकिएको छ । अबको केही घन्टामा मतपरिणाम आउने सम्भावना देखिएको छ ।
अध्यक्षमा उम्मेदवारी दिएका भीम रावलले जे परिमाण आए पनि स्वीकार गर्ने बताएका छन् । दसौँ महाधिवेशनमा मंगलबार बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका हुन् ।
उनले मतपरिणाम स्वीकार गर्ने तयार आफू अध्यक्षको प्रतिस्पर्धामा हारेदेखी केन्द्रीय सदस्यमा नबस्ने बताएका छन् ।
पार्टीका अध्यक्ष केपी ओलीले सोमबार मध्यराति सर्वसम्मतीको लागि भन्दै सार्वजनिक गरेको ३०१ जनाको सूचीमा रावलको नाम केन्द्रीय सदस्यमा राखिएको थियो । उनले आफू केन्द्रीय सदस्यमा दाबी नगरेको प्रष्ट समेत पारेका छन् ।
प्रतिकृया दिनुहोस