एमाले महाधिवेशनः मतदान सकियो, अबको चार घण्टामा नतिजा
काठमाडौँ । नेकपा (एमाले) १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।
मंगलबार बिहान ४ बजेबाट सुरू भएको मतदानमा दुई हजार ८५ जनाले मत दिएका निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिए । उनका अनुसार एक घण्टापछि मतगणना हुने र चार घण्टामै परिणाम आउनेछ ।
दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो । अध्यक्ष केपी शर्मा ओली र भीम रावल समूह नेतृत्वमा प्रतिस्पर्धामा छन् ।
त्यसैगरी ६ सिट रहेको उपाध्यक्षको चुनावी मैदानमा घनश्याम भुसालसहित सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली उत्रिएका छन् ।
भीम आचार्य र टंक कार्कीले दिएको ७ सचिव पदमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याल उम्मेदवार छन् ।
प्रतिकृया दिनुहोस