एमाले महाधिवेशन : साढे १६ सयले मतदान गरे, मतदानको समय थप्ने तयारी

262499781 5169757653038565 7583695413718975838 n

चितवन । नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनमा मंगलबार बिहान ४ बजेबाट मतदान जारी छ । हाल समाचार तयार गर्दासम्म साढे १६ सय प्रतिनिधिले मतदान गरिसकेका छन् ।

महाधिवेशनमा २१ सय ५३ जना मतदाता रहेका छन् । साढे १६ सय भन्दाबढी मतदाताले मतदान गरिसकेको निर्वाचन समितिका सदस्य बाबुराम दाहालले बताए ।

सोमबार राति २ बजेबाट मंगलबार बिहान ८ बजेससम्मका लागि मतदानको समय तोकिए पनि मंगलबार बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको थियो । जसअनुसार बिहान १० बजेसम्म मतदान भइसक्ने आँकलन आयोगले गरे पनि फेरि समय थप गर्नुपर्ने देखिएको छ ।

दाहालका अनुसार बिहान ११ बजेसम्म मतदान सम्पन्न हुने आँकलन गरिएको छ । एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ जना उपाध्यक्षका लागि सात जना र सात सचिवका लागि नौ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...