सर्वोच्चमा मंसिर १५ गतेदेखि गोला तानेर पेसी तोक्न राजपत्रमा सूचना प्रकाशित

Court supreme

काठमाडौं ।  सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीबाट मुद्दाको पेसी तोक्ने सम्बन्धमा राजपत्रमा सूचना प्रकाशित भएको छ।

सर्वोच्च अदालतका १८ जना न्यायाधीशको पूर्ण (फुल कोर्ट) बैठकले गरेको निर्णयानुसार मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेसी तोक्ने गरी राजपत्रमा सूचना प्रकाशित भएको हो।

गत बिहीबारको फुलकोर्ट बैठकले गरेको निर्णयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पनि सहमति जनाएपछि राजपत्रमा सूचना प्रकाशित भएको हो। राजपत्रमा सूचना प्रकाशित भएपछि प्रधानन्यायाधीश राणा बाहेकका न्यायाधीशको फुल कोर्टले गरेको निर्णयले कानुन मान्यता पाएको छ।

अब मंसिर १५ गते (बुधबार) देखि सर्वोच्च अदालतमा गोला तानेर पेसीको निर्धारण हुनेछ। नेपाली न्यायालयको ७० वर्षे इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोला तानेर मुद्दाको पेसी निर्धारण हुन लागेको हो। 

प्रधानन्यायाधीश राणाले पेसी तोक्दा नियत राखेको, आफूविरुद्धका मुद्दाको पेसी लम्ब्याएको, अदालतमा विचाराधीन मुद्दाहरुमा मोलमोलाइ गरेको, प्रधानमन्त्रीसँग मिलमेतो गरेर विभिन्न नियुक्तिहरु (मन्त्रिपरिषद्) मा समेत भागबण्डा खोजेको लगायत आरोप लगाउँदै सर्वोच्च अदालतका न्यायाधीशहरुले गत कात्तिक ८ गतेदेखि इजलास बहिस्कार गर्दै आन्दोलन थालेका थिए।

सर्वोच्च न्यायाधीयहरुसँगै कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बारले पनि प्रधानन्यायाधीश राणाको राजीनामाको माग गर्दै आन्दोलन घोषणा गरेको थियो। राणाको राजीनामाको माग गर्दै कात्तिक ११ गतेदेखि आन्दोलित बारले सर्वोच्चबाट उनको बहिर्गमन नहुञ्जेल आन्दोलन जारी राख्ने बताएको छ। सर्वोच्चका न्यायाधीशहरु भने गोलाप्रथाबाट पेसी तोक्ने निर्णय भएपछि मुद्दाको सुनुवाइका लागि इजलास फर्किसकेका छन्। 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...