कांग्रेसको प्रदेश अधिवेशन २ दिन सर्‍यो, मंसिर १८ र १९ गते हुने

1632619155 fpelo

काठमाडौँ । नेपाली कांग्रेसको प्रदेश र केन्द्रीय महाधिवेशनको तालिका फेरिएको छ । उद्घाटन हुने मिति यथावत् राख्दै महाधिवेशनमा मनोनयनको तालिका फेर्ने निर्णय कांग्रेसका प्रमुख तीन नेताको बैठकबाट गरिएको हो ।

सोमबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको बैठकले मनोनयन तालिका परिमार्जन गरेको हो । महाधिवेशन कार्यतालिका अनुसार मंसिर १६ र १७ मा हुने तय भएका प्रदेश अधिवेशनहरू अब १८ र १९ मा हुनेछन् ।

कांग्रेसमा हालसम्म ५२ जिल्लामा अधिवेशन सम्पन्न भएका छन् । बाँकी रहेका २५ जिल्लाको अधिवेशन सक्न थप समय लाग्ने भएकोले प्रदेश अधिवेशन २ दिन सारिएको हो । बाँके, चितवन, नवलपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवाससिहत प्रदेश २ का ८ जिल्लामा अधिवेशन हुन बाँकी छ ।

प्रदेश २ का अधिकांश जिल्लामा प्रदेश महाधिवेशन प्रतिनिधि चयन नभइसकेको हुँदा २ दिन ढिलो गरेरपनि सबैलाई समेट्न खोजिएको एक नेताले बताए । अब प्रदेश नेतृत्व चयन गर्न मंसिर १८ मा उम्मेदवारी दर्ता र १९ मा निर्वाचन हुनेछ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ । केन्द्रीय कार्यसमितिका लागि मनोनयन दर्ता भने मंसिर २१ गते नै हुने निर्वाचन समितिले जनाएको छ ।
  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...