माओवादी नेता पुनको स्वास्थ्यमा सुधार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ ।
उनी खतरामुक्त रहेको श्रीमती एवं पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन् । गएको शुक्रवार बैङ्ककबाट थप उपचारका लागि नेता पुनलाई चीनको सेनजेनमा रहेको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगिएको थियो ।
पुन विश्वमै विरलै देखिने जटिल प्रकृतिको जण्डिसबाट पीडित छन् । बैङ्ककमा गराइएको उपचारबाट उल्लेख्य सुधार नभएपछि थप उपचार गर्न उनलाई चीन लगिएको हो ।
प्रतिकृया दिनुहोस