एमाले महासचिवमा पोखरेल निर्विरोध निर्वाचित, घोषणा हुन बाँकि

Shankar pokhrel

काठमाडौं । अन्ततः नेकपा (एमाले) मा निर्वाचनबाटै नयाँ नेतृत्व चयन हुने निश्चित भएको छ । १० औं महाधिवेशनका क्रममा चितवनको सौराहामा जारी बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको पदाधिकारीको सूचिमा सर्वसम्मति नजुटेपछि नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया शुरु भएको हो ।

निर्वाचन कार्यक्रम अनुसार आज विहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । जस अनुसार अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन् । महासचिवमा भने शंकर पोखरलको एकल उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनु भएको छ । यस्तै युवराज ज्ञवाली, विष्णु पौडेल र घनश्याम मुसालले उपाध्यक्षमा तथा प्रदीप ज्ञवाली र भीम आचार्यले उपमहासचिव पदका लागि मनोनयन दर्ता गराएका छन् ।

मतदान भने राती ९ बजेदेखि भोलि विहान ३ बजेसम्म चल्ने एमाले महाधिवेशन निर्वाचन आयोगले जनाएको छ । गएराती अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा १९ सदस्यीय पदाधिकारीको सूचि बन्दसत्रमा पेश गर्नुभएको थियो । उक्त सूचिप्रति बन्द सत्रका अधिकांश सहभागीले समर्थन गरे पनि दश भाई समूहभित्रका भीम रावल र घनश्याम भुसालले असहमति जनाएपछि निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयनमा जाने निर्णय गरिएको थियो ।

यस्तै ओलीले ३०१ जना केन्द्रीय सदस्यको सूचि पनि बन्द सत्रमा पेश गर्नुभएको थियो । ओलीले प्रस्ताव गरेका पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल हुनुहुन्छ भने उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुबासचन्द्र नेम्बाङ हुनुहुन्छ ।

यस्तै महासचिवमा शंकर पोखरेललाई अघि सार्नुभएक ओलीले उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गर्नुभएको छ । सात सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल रहेका छन् ।
 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...