ग्राहकको व्यक्तिगत डाटा बेचिरहेको भन्दै गुगल र फेसबुकलाई जरिवाना

Google apple

काठमाडौं । इटालीको कम्पिटिशन अथोरिटीले एप्पल र गुगल दुबैलाई ११.३ मिलियन डलर जरिवाना तिराएको छ । ग्राहकको व्यक्तिगत डाटा चोरेको आरोपमा ती कम्पनीहरुलाई जरिवाना तिराइएको जनाइएको छ ।

एप्पल र गुगलले ग्राहकको अनुमति बिना व्यवसायिक प्रयोजनको निम्ति प्रयोग भइरहेको पाइएको थियो । इटालीको कम्पिटिशन अथोरिटीले यसलाई कन्जुमर कोडको उलङ्घन मानेको छ । एप्पल आफ्नो टुल्स र सर्भिस मार्फत युजर्सको प्रोफाइलको डाटा प्रयोग गर्ने गर्छ ।

गुगल आफ्नो इकोनोमिक एक्टिभिटिलाई इन्टरनेटसँग सम्बन्धित आफ्नो प्रोडक्ट र सर्भिसमा टर्मस् र कन्डिसनका निकै ठूला सूची पेश गर्ने गरेको छ । यसमा अनलाइन विज्ञापन, सर्च टुल्स, क्लाउड कम्प्युटिङ सफ्टवेयर र हार्डवेयरका लागि टेक्नोलोजी समावेश छ ।

कम्पिडिशन अथोरिटीले एप्पल आफ्नो टुल्स र सर्भिसका लागि प्रयोगकर्ताको प्रोफाइलको डाटा प्रयोग गर्ने गरेको बताएको छ । यसमा उसले थर्ड पार्टीको डाटा ट्रान्सफर बिना नै प्रोडक्ट बिक्रीको प्रमोशन गरेर थर्ड पार्टी एप स्टोर, आइटयून्स र एपल बुकका लागि इकोनोमिक भ्यालुको शोषण गर्दछ ।

द भर्जलाई दिएको बयानमा गुगलले आफू यो निर्णयप्रति विरोध जनाउँदै असहमत भएको जनाएको छ । आफ्नो असहमतिमा गुगलका एक प्रवक्ताले आफूहरु आफ्ना जानकारीको व्यवस्थापन थर्न र व्यक्तिगत डाटाको उपयोग गर्नका लागि सामान्य कन्ट्रोल गरिरहेको जनाएको छ । उसले आफूहरु कन्जुमरको सुरक्षा नियमको पूर्ण पालना गर्न ठूलो मेहनत गरिरहेको जनाएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...