बन्द सत्रमा ओलीको गुनासो : जालझेलपूर्ण षडयन्त्रका कारण एमाले प्रतिपक्षमा आइपुग्यो

Kp oli  mhadibeshn

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरू जालझेलपूर्ण षडयन्त्रका कारण प्रतिपक्षमा आइपुगेको बताएका छन् । पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले एमाले जालझेलपूर्ण षडयन्त्रका कारण सत्ताबाट प्रतिपक्षमा आइपुगेको बताए ।

ओलीले अहिलेको सरकारले संविधानविरोधी क्रियाकलाप गरिरहेको आरोप लगाउँदै स्वतन्त्र र निश्पक्ष न्यायपालिकाको दुरुपयोग भएको बताए । देशको न्यायपालिका असफल हुँदा राज्य प्रणाली र लोकतान्त्रिक प्रणाली नै असफल हुने बताए । शक्ति पृथकीकरणको सिद्धान्तमा खलल आए देशको न्याय प्रणाली ध्वस्त हुने उनको चेतावनी छ ।

शुक्रबारबाट सुरु भएको महाधिवेशनले जनपरिचालन गर्ने र एमाले सिद्धियो भन्नेहरूको सपना आंशिक रुपमा भंग गरिदिएको बताए ।  राजनीतिमा देखिएका विकृति, विसंगति र पदभ्रष्टतालाई सही ठाउँमा ल्याउनका लागि एमालेले सही नेतृत्व चयन गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिए । 

उनले विदेशबाट नेकपा (एमाले) लाई महाधिवेशनको शुभकामना दिन आउने सम्पूर्ण विदेशी पाहुनाहरुलाई धन्यवाद दिँदै आउन नपाए पनि भिडियो र शुभकामना सन्देश पठाउनेहरुप्रति आभार व्यक्त गरे ।     

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...