ओलीको सद्भावप्रति हाम्रो पार्टी अनुग्रहीत छ, एमाले अझै उचाइमा पुगोस् : अध्यक्ष ठाकुर

Mahantha thakur tqkrytinak

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरुका माग पूरा गर्न सरकारसँग आग्रह गरेका छन् । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को चितवनमा आयोजित १०औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै उनले आग्रह गरेका हुन्।

‘हाम्रा माग–मुद्दा छन्। विशेष नागरिकता, जेलमा बसेकाहरुको मुद्दा फिर्ता, राजबन्दी रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक हुन सकेको छैन,’ अध्यक्ष ठाकुरले भने, ‘अब समय आयो बाँकी काम छ। सम्माननीय प्रधानमन्त्रीलाई म यहीँबाट आग्रह गर्छु।’

उनले लोसपाले अघि सार्दै आएका मागहरु पूरा नभए फेरि मधेसी जनता सडकमा उत्रिन सक्ने पनि चेतावनी दिए। ‘फेरि पनि प्रधानमन्त्री बन्ने अवसर पाउनुभएको छ। बाँकी रहेका काम अवश्य पूरा गर्नुहुन्छ। मुद्दाहरु फिर्ता हुन्छ, राजबन्दी मुक्त हुन्छन्,’ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवातिर लक्षित गर्दै भने, ‘भएन भने मधेसमा जुन २० लाख मानिसको मानव साङ्लो थियो, फेरि सडकमा उत्रिन सक्छ। त्यो अवस्था नआयोस्।’

उनले एमाले अध्यक्ष ओलीको सद्भावप्रति आफू र आफ्नो पार्टी अनुग्रहीत रहेको पनि बताए। ठाकुरले आफू एमाले पार्टी अझै उचाइमा पुगेको हेर्न इच्छुक रहेको पनि आशय व्यक्त गरे।  ‘पहिलेभन्दा पनि मजबुत बनेर नेकपा एमाले आओस्,’ अध्यक्ष ठाकुरले भने, ‘आकाश जस्तै उचाइमा पुगोस्।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...