आगामी चुनावमा एमालेले जसरी पनि बहुमत ल्याउनुपर्छ : ओली

Oli  chitawn

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमालेले जसरी पनि बहुमत ल्याउनुपर्ने बताएका छन् । चितवनमा भएको पार्टीको १० औं महाधिवेशनमा बोल्दै नेता ओलीले यस्तो बताएका हुन् ।

उनले अब धेरै चुनावहरु आउन बाँकी रहेको भन्दै आफूहरुले जसरी पनि बहुमत ल्याउनुपर्ने बताए । उनले एमालेका लागि मात्र नभई सारा देशको विकाश गर्नका लागि पनि आगामी चुनावमा एमालेले बहुमत ल्याउनैपर्ने बताए । उनले भने, ‘एमालेका लागि मात्र होइन, देशलाई विकासको बाटोमा लैजानका लागि एमालेको बहुमत आवश्यक छ ।’

उनले देउवाले आफ्नो निम्तो स्वीकारेको भन्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई धन्यवादसमेत दिए । ‘नेपाली काँग्रेसको तर्फबाट देउवाले शुभकामना दिनुभएको छ, उहाँलाई धन्यवाद भन्न चाहन्छु ।’ उनले भने ।

उनले आफ्नो पार्टीले बलिदान र संघर्षको ७२ वर्ष पार गरेको बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘ हामीले बलिदानको ७२ वर्ष पार गर्यौं, समाज परिवर्तनका लागि नेकपा एमालेको धेरै भूमिका छ, एमाले क्रान्तिकारी परिवर्तन गर्ने पार्टी हो ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...