देशको हित जोडिएको विषयमा समान धारणा बनाउन प्रधानमन्त्री देउवाको आह्वान
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले महाधिवेशनलाई शुभकामना दिने क्रममा सहभागीहरुले हुटिङ गरेका छन्।
उनले लिखित मन्तव्य दिँदै एमालेलाई देशको हित जोडिएका विषयमा समान धारण बनाउन आवश्यक रहेको बताए। उनले भने ‘सबै मिलेर संविधान ल्याएका छौँ। त्यसको कार्यान्वयनका लागि जिम्मेवार बन्नका लागि आह्वान गर्दछु।’
उनले देशलाई स्थायित्व दिन आवश्यक रहेको भन्दै देशको हित जोडिएको विषयमा समान धारणा बनाउन आवश्यक रहेको पनि बताए।
उनले थपे, ‘सम्वाद मार्फत समस्याको समाधान गर्न आवश्यक छ। हिजो हामीले भोगेको दुख सम्झेर भोलि जनतालाई दुख हुन नदिने गरी काम गरिनुपर्छ। हामी सबै सँगै जेल बसेका साथीहरु हौं।’
प्रतिकृया दिनुहोस