५ महिनापछि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीको एउटै स्टेजमा भेट  

Deuba and kp oli

भरतपुर । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको एउटै स्टेजमा भेट भएको छ । उनीहरु झन्डै ७ महिनापछि एउटा स्टेजमा देखिएका हुन् ।

आजबाट शुरू भएको एमालेको १० औ महाधिवेशनमा निम्ता पाएका प्रधानमन्त्री देउवा र ओली कार्यक्रम स्थलमा भेट भएका हुन् ।

दुवै नेतालाई कार्यक्रममा एकैपटक स्वागत गरिएको थियो । २८ असारमा प्रधानमन्त्रीबाट सर्वोच्च अदालतले ओलीलाई सत्ताच्यूत गरी देउवालाई नियुक्त गर्न बाध्यकारी आदेश दिएपछि दुई शीर्ष नेताहरुवीच भेटघाट तथा बोलचाल समेत भएको थिएन ।

गत असार २८ गते सर्वोच्च अदालतको परमादेशमार्फत ओली नेतृत्वको सरकार हटेपछि देउवा पाँच दलीय गठबन्धनको साथ पाएर प्रधानमन्त्रीमा नियुक्त  भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...